प्रधानमन्त्री सुशील कोइरालाको को ‘रेडियो थेरापी’ बुधबारदेखि

१३ असार २०७१, शुक्रबार ०६:०१ मा प्रकाशित

काठमाडौं, १३ असार । प्रधानमन्त्री सुशील कोइरालालको रेडियो थेरापी (विकिरण चिकित्सा) आगामी बुधबारदेखि हुने भएको छ ।
अमेरिकामा प्रधानमन्त्री कोइरालासँग सँगै रहेकी सहयोगी मृदुला कोइरालाका अनुसार डा.एन्डिएस रिमनरले उनको थेरापी गर्ने छन् । बुधबार देखि पाँच दिनसम्म कोइरालाको थेरापी हुने सहयोगी मृदुलाले आज (शुक्रबार) विहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएकी छन् ।
‘आगामी बुधबारदेखि रेडियो थेरापी सुरु हुने भएको छ’, सन्देशमा उनले भनेकी छन्, ‘थेरापी दिने चिकित्सक एन्डिएस रिमनरको भनाइअनुसार यो पाँच दिनको कोर्स हुनेछ ।’
पाँच दिनको कोर्स पुरा भएपछि प्रधानमन्त्री कोइरालाले केही दिन आराम गरेर नेपाल फर्कने योजना बनाएको मृदुलाले बताएकी छन् । ‘सुशील‘दाको स्वास्थको अन्य कुराहरू भने सामान्य छन्,’ सहयोगी मृदुलाको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यासर लागेको पुष्टि भएपछि उपचार गर्न लागिएको हो । मेमोरियल स्वलोन केटरिङ क्यान्सर सेन्टरमा कोइरालाले उपचार गराउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री