सरकार र आन्दोलनको विषयमा मोर्चाले आज ठोस निर्णय गर्ने

४ जेष्ठ २०६९, बिहीबार ०९:०० मा प्रकाशित

काठमाडौ, ४ जेठ । सत्ता साझेदार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिलेको सरकारमा रहने वा बाहिरिने भन्नेबारे आज टुङ्गो लगाउने भएको छ । गएको आइतबार प्रमुख दलहरुबीच भएको ११ प्रदेश बनाउने सहमतिमा आपत्ति जनाउँदेै मोर्चाले दलहरुले गरेको सहमति नसच्याए सरकारबाट बाहिरने र प्रमुख तीन दलकोविरुद्वमा आन्दोलको घोषणा गर्ने भएको छ । यसबारेमा अन्तिम निर्णय गर्न मधेसी मोर्चाको बैठक मध्यान्ह् साढे १२ बजेपछि सिंहदरवारमा बस्नेछ । सूचना तथा सञ्चार मन्त्री एवम् फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले अहिले बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मोर्चाका नेताहरुले बैठक गर्ने र सकारात्मक परिणाम नआए मोर्चाले कठोर निर्णय लिने जानकारी दिनुभयो । मोर्चामा आवद्व सबै नेताको बोल्नेक्रम नसकिएका कारण आज फेरि अन्तिम निर्णय गर्नेगरी मोर्चाको बैठक बस्न लागेको हो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका