इराकमा असुरक्षित नेपालीप्रति कांग्रेसको ध्यानाकर्षण

१२ असार २०७१, बिहीबार १७:३९ मा प्रकाशित

काठमाडौं, १२ असार । कांग्रेसले इराकमा कार्यरत नेपाली कामदार असुरक्षित भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यथाशीघ्र उद्धारका लागि सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा द्वन्द्वग्रस्त इराकको दक्षिणी सहर बास्रास्थित एटिके कन्स्ट्रक्सन कम्पनीलगायत अन्य सहरका विभिन्न कम्पनीमा कार्यरत दर्जनौँ नेपाली असुरक्षित रहेकाले तत्काल स्वदेश फर्काउन पहल गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘इराकमा अहिले कति सङ्ख्यामा नेपाली रहेका छन्, उनीहरूको एकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल स्वदेश फर्काउन सरकारले अविलम्ब कूटनीतिक पहल गर्न कांग्रेस जोडदार माग गर्दछ ।’
कांग्रेसले इराकमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन विदेशी मित्रराष्ट्रहरू, मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्घसंस्था, आप्रवाससम्बन्धी सङ्गठन, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै समुदायसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न