बालबालिकाको रकमले शिक्षकलाई पोशाक

१२ असार २०७१, बिहीबार १३:३६ मा प्रकाशित

खोटाङ, १२ असार । लक्ष्यित वर्गअन्तर्गत बालबालिकाको शीर्षकमा आएको रकम खोटाङका एक विद्यालयका प्रधानाध्यापकले शिक्षकलाई पोशाक भत्ता स्वरुप दिएको खुलासा भएको छ ।

जिल्लाको दक्षिणी गाविस विजयखर्कको गाउँ परिषद्बाट बालबालिकाको नाममा विनियोजित बजेट स्थानीय पञ्चकन्या उच्च माविका प्रधानाध्यापक ध्रुवराज आचार्यले शिक्षकलाई पोशाक भत्ताका लागि दिएको हो ।

आर्थिक वर्ष २०७०/७१ को गाउँ परिषद्बाट विनियोजित बजेट उक्त विद्यालयका निजी तथा अस्थायी शिक्षकका लागि पोशाक भत्ता दिएको पाइएको गाउँ बाल सञ्जालका कार्यवाहक अध्यक्ष सुमन खनालले बताए ।

उनले भने, ‘उक्त विद्यालयमा अध्ययनरत बालबालिकाका लागि गाविसले रु २० हजार बजेट छुट्याएको थियो, उक्त रकम कहाँ खर्च भयो भन्दै अनुगमन गर्न जाँदा प्रधानाध्यापकले शिक्षकको पोशाक भत्तामा खर्च गरेको पाइयोे ।’

प्रधानाध्यापक आचार्यले सरकारले स्थायी शिक्षकका लागि मात्र पोशाक भत्ता दिएकाले निजी र अस्थायी शिक्षकका लागि उक्त रकम प्रदान गरेको बताए । उनले भने, ‘विद्यालयमा अन्य स्रोत नभएकाले निजी शिक्षकलाई त्यही दिने भन्ने निर्णय भएको थियो, त्यही दिएँ ।’

गाउँ परिषद्ले गाविसभरका बालबालिकाका लागि भनेर रु एक लाख ३४ हजार बजेट विनियोजन गरेको थियो । उक्त रकम बालबालिकाको क्षमता विकास तथा बालबालिका लक्ष्यित कार्यक्रम सञ्चालनका लागि मात्र खर्च गर्न पाइने प्रावधान छ ।

यसबारे गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाविस सचिव ज्ञानप्रसाद पोखरेलले बालबालिकाकै निम्ति खर्च गरिएको बिल भर्पाई प्राप्त भएको बताए । उनले भने, ‘मैले त प्राप्त बिल भर्पाईको आधारमा रकम भुक्तानी दिएको हो ।’

जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले बालबालिकाको रकम बालबालिकाकै हितमा खर्च हुनुपर्ने बताए । उनले भने, ‘यदि त्यसो भएको हो भने तत्काल फिर्ता गर्न लगाउँछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११