‘असहमतिका सबै बुँदा प्राप्त भई सहमतिका लागि छलफल सुरु’

१२ असार २०७१, बिहीबार १३:०० मा प्रकाशित

काठमाडौं, १२ असार । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा नयाँ संविधानको मस्यौदा तयार गर्ने सिलसिलामा सहमति जुटाउने प्रयोजनका लागि असहमतिका सबै बुँदा प्राप्त भएका छन् ।

समितिका अनुसार असहमतिका ३ सय बुँदा रहेका छन् । ती असहमतिका बुँदामा तत्कालीन विवाद उपसमिति र संवैधानिक समितिमा भएका सहमति भएका बुँदा भने घटाइएको छैन ।

समितिका मासिक गतिविधिबारे जानकारी दिन आज राजधानीमा अयोजित पत्रकार सम्मेलनमा समितिका सभापति बाबुराम भट्टराईले समितिमा संविधान लेखनका लागि असहमतिका सबै बुँदा प्राप्त भई सहमतिका लागि छलफल सुरु भएको जानकारी दिए ।

समितिले असहमतिका बुँदालाई सहमति खोज्न चार चरणमा काम गर्ने अवधारणा अघि सारेको छ । समितिको पूर्ण बैठकमा प्रारम्भिक चरणमा विषयगत उपसमिति बनाई शीर्ष तह र पुनःसमितिको पूर्ण बैठकमा छलफल गरी सहमति गर्ने अवधारणा बनाइएको समितिका सभापति भट्टराईले जानकारी दिए ।

नयाँ संविधानमा शासकीय पद्धति, राज्यको पुनःसंरचना र न्याय प्रणालीका विषयमा दलहरुबीचमा असहमति रहेका छन् । मुख्यतः यिनै विषयमा दलहरुबीचमा कुरा नमिल्दा अघिल्लो संविधानसभा अकल्पनीय रुपमा विघटन भएको थियो ।

चार चरणबाट असहमतिका बुँदामा सहमति खोजिने अवधारणाअनुरुप तत्कालीन राष्ट्रिय हितको संरक्षण समितिको विषयमा छलफल हुँदा ‘राष्ट्रले चाहेको बखत अनिवार्य सेवा गर्नु’ भन्ने सहमति समितिको बैठकमा भएको थियो ।

पत्रकार सम्मेलनमा सभापति डा. भट्टराईले भने, ‘नयाँ संविधान लेखन कार्य दलहरुबीचको सहमति, सहकार्य र एकताबाट अगाडि बढ्छ, कुनै एक दलले भनेजस्तो हुन्न, संविधानलाई सहमतिको दस्तावेज बनाउँछौँ ।’

समितिले संविधान लेखनमा सहमति जुटाउन हालसम्म संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवालाहरुको पहिचान गरी वार्ता प्रक्रियालाई सरकारको समन्वयमा अगाडि बढाइसकेको छ ।

त्यसैगरी, संविधानका अन्तरवस्तुमा देखिएका असहमतिसहित विगतको संविधानसभाले गरेका कामको स्वामित्व ग्रहणका लागि संविधानसभाभित्रका दलहरुका शीर्ष नेतासँग छलफल सुरु गरिसकिएको छ ।

संविधानसभाभित्रका ३० दल र दुई जना स्वतन्त्र सभासद्, मधेसवादी आठ दल, साना २१ दलसँग समितिले प्रारम्भिक चरणमा संविधान लेखनका विषयमा छलफल गरिसकेको सभापति भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति