विश्वकपमा खेर जान्छ टिकट कोटा

१२ असार २०७१, बिहीबार ०८:१८ मा प्रकाशित

काठमाडौं, १२ असार । पोखराका नवीन गुरुङ ब्राजिलमा जारी विश्वकप फुटबलको खेल हेर्ने थोरै नेपालीमध्ये हुन्। उनले समूह चरणअन्तर्गत दक्षिण कोरिया र रुसको खेल हेरेका थिए, जुन १–१ को बराबरीमा टुंगियो।

समूह ‘एच’अन्तर्गत असार ३ गते कुयाबाको एरिना पेन्टानल रंगशालामा उक्त खेल हेरेका नवीनले अनलाइन बुकिङमार्फत इङ्ल्यान्डबाट टिकट किनेका थिए। पोखरामा रेस्टुरेन्ट व्यवसाय गर्ने नवीनले विश्वकप हेर्न ५ लाख रुपैयाँ खुसीसाथ खर्च गरे।

‘विश्वकप हेर्न पाउँदा मलाई जिन्दगीकै ठूलो सपना पूरा भयोजस्तो लाग्यो। यो उपलब्धि पैसासँग दाँज्न मिल्दैन,’ गुरुङले ब्राजिलबाट भने, ‘म अहिले ब्राजिलमा जीवनभरका लागि मिठो सम्झना साँचिरहेको छु।’

नवीनले त अनलाइनमार्फत टिकट किने, तर सबैजना उनीजत्तिकै भाग्यमानी हुँदैनन्। किनकि, नेपालजस्तो विश्वकप नखेल्ने देशका लागि टिकट किन्नु भनेको फलामको च्युरा चपाउनुु जत्तिकै गाह्रो हुन्छ। पैसै तिरेर किन्छु भन्दा पनि सजिलै पाइँदैन।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सहभागी ३२ देशका समर्थकका लागि निश्चित कोटा तोकेको हुन्छ। तिनका लागि ८ प्रतिशतका दरले टिकट आरक्षण गरिने फिफाको वेबसाइटमा उल्लेख छ। यसअनुसार प्रत्येक खेलका १६ प्रतिशत टिकट सम्बन्धित देशका समर्थकले किन्न पाउँछन्।

विश्वकपमा छनोट नभएको नेपालजस्तो देशका लागि भने यो सुविधा उपलब्ध हुँदैन। यहाँका खेलप्रेमीले टिकट किन्नुपरे अनलाइन बुकिङ गर्नुपर्छ। प्रत्येक खेलमा रंगशालाको क्षमताभन्दा बढी माग हुने भएकाले फिफाले अनलाइन बुकिङ गर्नेमध्येबाट ‘लक्की ड्र’ गराएर टिकट बिक्री गर्छ। यसपालि अनलाइनबाट खुला प्रतिस्पर्धामा ६२ लाखको आवेदन परेकोमा लक्की ड्रमार्फत बिक्री गरिएको थियो। अनलाइनमा एक व्यक्तिले बढीमा सात खेलसम्मका लागि आवेदन गर्न सक्ने व्यवस्था छ।

ब्राजिलमा जारी विश्वकपका लागि ३३ लाख टिकट उपलब्ध भएकोमा फिफाले ७५ प्रतिशत टिकट खुला प्रतिस्पर्धाबाट दर्शकसम्म पुर्या्एको दाबी गरेको छ। तर, खुला प्रतिस्पर्धाबाट टिकट बुकिङ गर्नु र त्यसमाथि गोलाप्रथामा छानिनु भनेको भाग्यकै खेल हो।

त्यसो भए भाग नलिएका देशका सर्वसाधारणले आफैं खर्च गरेर विश्वकप हेर्न पाउँदैनन्

यसका लागि दुइटा बाटा छन्। पहिलो, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका प्रायोजकहरूलाई निश्चित कोटाको निःशुल्क टिकट उपलब्ध गराउँछ। हुन्डाई, एडिडास, कोकाकोला, भिसा, सोनीलगायत प्रायोजकले विश्वभरका आफ्ना प्रतिनिधिलाई उक्त टिकट बाँड्छन्। यी अन्तर्राष्ट्रिय कम्पनीको सञ्जाल नेपालमा पनि छ। यसले विभिन्न किसिमका कार्यक्रम गरेर सर्वसाधारण दर्शकलाई टिकट बाँड्दै आएको छ। यसरी पाइने टिकट संख्या भने निकै थोरै हुन्छ।

दोस्रो उपाय पनि छ।

फिफाले विश्वकपको खेलतालिका सार्वजनिक गर्ने बेलामै टिकटका लागि सदस्य राष्ट्रहरूबाट आवेदन माग गर्छ। आएको आवेदनका आधारमा आफ्ना २ सय ९ सदस्यराष्ट्रका लागि निश्चित कोटा निर्धारण गरेर वितरण गर्दै आएको फिफाको वेबसाइटमा जनाइएको छ। प्रत्येक देशले यो सुविधा पाएका हुन्छन्। कुनै देशले स्वैच्छिक रूपमा सुविधा नलिन पनि सक्छ। नेपालले हालसम्म यो सुविधा लिएको छैन।

फिफाबाट कोटामा किन्न पाइने त्यस्तो टिकट नलिने विश्वभरमै सम्भवतः नेपाल एकमात्र देश हो। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले हालसम्म यस्तो टिकटको निम्ति कसैबाट आग्रह नआएकाले कोटा उपयोग नगरिएको जानकारी दिए। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति