यौन क्षणिक सुन्दरता हो -सूर्यमाला शर्मा खनाल

४ जेष्ठ २०६९, बिहीबार ०४:३१ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । एक समयकी चर्चित अभिनेत्री हुनुहुन्छ सूर्यमाला शर्मा खनाल। चर्चित अभिनेता सरोज खनालसँग अभिनयकै क्रममा वैवाहिक बन्धनमा बाँधिनुभएकी सूर्यमाला करिब १३ वर्षको अमेरिका बसाइपछि यतिबेला नेपाल आउनुभएको छ। दुई सन्तानकी आमा सूर्यमालामा आज पनि रंगमञ्च र टेलिभिजनमा काम गर्ने जोस, उमङ्ग र उत्सह उत्तिकै छ। विशेष गरेर नाटक र टेलिफिल्ममा उहाँ धेरै जम्नुभएको थियो। ०३९ सालमा 145प्रतिभा आकाश माग्छे146 नामक नाटकबाट उहाँको कलाकारिता सुरु भएको हो। सयभन्दा बढी नाटक अनि पचासभन्दा बढी टेलिफिल्ममा अभिनय गर्न सफल सूर्यमाला भन्नुहुन्छ, 145अझै पनि अभिनय गर्ने इच्छा मरेको छैन। तर विदेशिएपछि त्यो इच्छा पूरा हुन पाएन।146 केही समयका लागि आफ्नो छोराका साथ काठमाडौं आउनुभएकी सूर्यमालाको भोगाइमा जीवन र जगत् के हो त? उहाँसँग गरेको कुराकानी ।

० जीवन के हो?
– जीवन नबुझेर मानिस जोगी हुन्छ। म पनि सोध्छु जीवन के हो?
० प्रेम के हो?
– जीवनको एक अंश रमाइलो पक्ष
० सुन्दरता के हो?
– चरित्र बनाउने माध्यम
० मन के हो?
– हामी को हौँ भन्ने सोच्ने माध्यम
० भावना के हो?
– अरू को हो भन्ने बुझ्ने माध्यम
० विवाह के हो?
– सम्झौता
० बन्धन के हो?
– मजबुरी
० अपमान के हो?
– आफूलाई चिनाउने माध्यम
० इज्जत के हो?
– आफ्नै उपस्थिति
० बेइज्जती के हो?
– आफूबाट टाढा हुनुपर्ने अवस्था
० मिलन के हो?
– सुख
० विछोड के हो?
– दुःख
० जवानी के हो?
– जाँगर
० बालापन के हो?
– निर्दोष
० तृष्णा के हो?
– लोभ
० रिस के हो?
– बेवकुफी
० जोस के हो?
– क्षणिक आवेग
० नसा के हो?
– सधैं रोमान्टिक हुनु, खुसी रहन सक्नु
० यौन के हो?
– क्षणिक सुन्दरता
० सन्तुष्टि के हो?
– शान्ति
० कर्तव्य के हो?
– जीवन चलाउने कर्म
० विश्वास के हो?
– अगाडि बढ्नुको माध्यम
० असल के हो?
– छर्लङ्ग हुनु
० खराब के हो?
– डरलाग्दो, जीवनलाई बाधा
पुर्यारउने चिज
० सबैभन्दा ठूलो धोका के हो?
– विश्वासलाई तोड्नु
० दुःख के हो?
– आँसु खसाल्नु
० सुख के हो?
– चिन्तामुक्ति
० खुसी के हो?
– आत्मसन्तुष्टि
० आनन्द केमा छ?
– मिलनमा
० मित्र को हो?
– दुःखमा चिनिने व्यक्ति
० शत्रु को हो?
– आफूलाई चिनाउने माध्यम
० सङ्घर्ष के हो?
– सफलताको सुरुवात
० प्राप्ति के हो?
– सन्तुष्टि
० आस्था के हो?
– विश्वास
० धर्म के हो?
– मनको सन्तुष्टि प्राप्त गर्ने माध्यम, अस्थिर मनलाई स्थिर बनाउने माध्यम
० नैतिकता के हो?
– स्वाभिमानी उपस्थिति
० चरित्र के हो?
– व्यवहार
० ज्ञान के हो?
– अगाडि बढाउने माध्यम
० बुद्धि के हो?
– आफूलाई सन्तुलन गराउने चिज
० सम्झौता के हो?
– बाध्यता
० सृष्टि के हो?
– जहाँ हामी छौँ
० गुरु को हो?
– जसको शब्दले अगाडि बढ्न सहयोग गर्छ
० राजनीति के हो?
– छीःछीःछीःछीः…
० देश के हो?
– नागरिकको परिचय
० समाज के हो?
– व्यक्तिलाई चिनाउने माध्यम
० पद के हो?
– क्षमताले पाउने चिज
० विकास के हो?
– तनाव
० व्यापार के हो?
– जीवन चलाउने माध्यम
० अनुशासन के हो?
– अरूलाई बाधा नपुर्यामउने नियम

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले