‘पार्टीलाई गतिशील बनाउन वैचारिक बहस मात्र चलिरहेको छ’

११ असार २०७१, बुधबार २१:१० मा प्रकाशित

जनकपुर, ११ असार । एमाओवादी नेता बाबुराम भट्टराईले आगामी माघ ८ गतेभित्र नेपाली जनताले नयाँ संविधान पाउने विश्वास व्यक्त गरेका छन् ।

क्रान्तिकारी पत्रकार संघ नेपाल धनुषाद्वारा आज जानकपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सहमति हुन नसकेको विषयमा दलहरूसँग सहमति जुटाउने प्रयास भइरहेकाले तोकिएकै समयमा नयाँ संविधान आउने बताए ।

आर्थिक क्रान्तिद्वारा सामाजिक क्रान्तिको धारमा जाने विषयमा पार्टीभित्र बहस चलिरहेको छ, भट्टराईले भने, ‘पार्टीलाई गतिशील बनाउन वैचारिक बहस मात्र चलिरहेको छ ।’

उनले जनआन्दोलन र मधेस आन्दोलनका कारण देशमा गणतन्त्र आएकाले अब राजनीतिक आन्दोलन करिब–करिब समाप्त भई देशमा अब सामाजिक र आर्थिक क्रान्तिको आवश्यकता रहेको छ भने ।

उनले धार्मिक, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुर अन्तर्राष्ट्रिय रूपमा जति परिचित हुनुपर्ने हो त्यति विकास भने हुन नसकेको बताए ।

एकअर्को प्रश्नको उत्तरमा नेता भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको योजनालाई पूरा गर्न सबैसँग मिलेर काम गर्नुपर्ने बताए ।

क्रान्तिकारी पत्रकार संघ नेपाल धनुषाका सचिव राम इकबालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री