राजमार्गमा अकस्मात अनुगमन

११ असार २०७१, बुधबार १८:०८ मा प्रकाशित

धादिङ, ११ असार । राजमार्ग क्षेत्रमा रहेका केही डेरी र एग्रोभेटहरूमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको छ ।
अनुगमन टोलीले मदिराजन्य तथा अन्य पसलहरूको अनुगमन गरी लाइसेन्स तथा इजाजत नलिएको भेटिएकाले एक हप्ताभित्र नियमन हुनका लागि निर्देशन दिएको छ ।
अनुगमनका क्रममा मंगलबार कोकाकोला, फ्रुटीलगायतका म्याद गुज्रिएका सामानहरू जफत गरी नष्ट गरिएको, लाइसेन्स र इजाजत नलिएका सम्पूर्ण पसलले एक हप्ताभित्र लाइसेन्स तथा इजाजत नलिएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
यसैगरी राजमार्ग क्षेत्रमा रहेको आठ मासु पसल, विभिन्न डेरी र सातवटा एग्रोभेटमा पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा लाइसेन्स लिएकाले भन्दा अन्यले व्यवसाय सञ्चालन गरिरहेको, पसलको पहिचान दिने कुनै बोर्ड तथा सूचना नराखिएको, दर्ताबिना मासु पसलहरू सञ्चालनमा रहेकाले पहिलोपटकका लागि सचेत गराइएको जिल्ला पशु सेवा कार्यालयका डा.शिखा तिवारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।