जनजाति महासंघले शीर्ष नेताको पुतला जलाउन खोज्दा प्रहरी हस्तक्षेप, दर्जनौँ घाइते

३ जेष्ठ २०६९, बुधबार २२:१५ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौ, ३ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलबीच  हिजो भएको सहमतिको बिरोधमा नेपाल आदिवासी जनजाति महासंघले राजधानीको गौशालामा दलका शीर्ष नेताहरुको पुतला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले गरेको हस्तक्षेपमा सभासद् र दर्जनौँ प्रदर्शनकारी घाइते भएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । हिजो भएको सहमतिको विरोधका क्रममा नयाँ बानेश्वरमा सभापछी आयोजित विरोध जुलुसले गौशालामा दलका शीर्ष नेताहरुको पुत्ला जलाउने कार्यक्रम राखेको थियो ।  महासंघका अनुसार प्रहरी हस्तक्षेपका कारण सभासद् आङदावा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष इन्दिरा जिमी याखा, थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष डम्बरप्रसाद चौधरी, तमु ह्युल छोँझ धीका महासचिव रेशम गुरुङ घाइते छन्। त्यसैगरी विद्यार्थी महासंघका धीरेन्द्र राई, माधव दर्लामी मगर, पे्रम लिम्बू, निरज चौधरी, पुष्कर चौधरी, नवाङफुरी शेर्पा, भाइ किराँती लागयतका प्रदर्शनकारीहरु घाइते भएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अनुसार प्रहरी हस्तक्षेपमा घाइते भएका सभासद शेर्पाको ओम अस्पतालमा उपचार भइरहेको छ । महासंघका अनुसार दर्जनौ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको र आजको दमनको विरोधमा भोलि देशब्यापी विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले