बालविवाहका आरोपी धरौटीमा रिहा

११ असार २०७१, बुधबार १८:०१ मा प्रकाशित

खोटाङ, ११ असार । खोटाङको माक्पा–४ कि १४ वर्षीया बालिका जवरजस्ती विहे गरेको आरोपमा पक्राउ परेका भलाकाजी राई धरौटीमा रिहा भएका छन् ।

माक्पा माविमा कक्षा १० मा अध्यनरत कोपिला राईलाई जालपा–६ निवासी २१ वर्षीय भलाकाजीले जवरजस्ती विहे गरेको आरोप लागेको छ । जिल्ला अदालत खोटाङले आज दश हजार रुपियाँ धरौटी लिएर तारेखमा छाडेको हो ।
भलाकाजीविरुद्ध पीडित पक्षले जेठ १७ गते उजुरी दिएको थियो । जालपामा अदुवा खरिद गर्न आएकी बालिकालाई फकइ–फुकाई जेठ ११ गते राति जबरजस्ती सिन्दुर लगाएको आरोप पीडित पक्षको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ