न्यूयोर्कमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षसंग अन्तरक्रिया सम्पन्न

३ जेष्ठ २०६९, बुधबार १८:५८ मा प्रकाशित

मान बहादुर रानामगर, न्यूयोर्क । न्यूयोर्कमा गत मे १३ तारिखको दिन आदिवासी जनजाती महासंघ उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर मगरको विशेष आतिथ्यमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना सम्पन्न भयो । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिपना) को आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रियात्मक कार्यक्रम फिपनाका कार्यबाहक अध्यक्ष बिनोद पोमोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष मगरले बन्न लागेको संबिधानमा आदिवासी जन-जातिहरुको अधिकार सुनिश्चितता पार्न विगतका दिनहरुमा नेपालमा जनचेतना र जागरणको कार्यक्रमहरु संचालन गरिएको र अबको यो अन्तिम घडीमा जनचेतना र आन्दोलनलाईसंगै लैजानु पर्ने अबस्था आएको दर्शाए । साथै उनले नेपालमा भईरहेको आदिवासी जन-जातिहरुको आन्दोलन प्रति समर्थन जनाउदै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण आदिवासीहरुले पनि नैतिक, भौतिक र बौद्धिक रुपमा प्रेस बिज्ञप्ति, ज्ञापन पत्र तथा लेख रचनाहरु बात दबाब सिर्जना गर्नु सुझाए । सोहि कार्यक्रममा उनले नेपालमा भैरहेको आन्दोलनलाई प्रभावकारी बनाउन आर्थिक सहयोगको समेत गर्न आव्हान आव्हान गरेका थिए । उनले नेपाल भन्दा भौगोलिक रुपमा सानो रजनसंख्या समेत कम भएको थुप्रै संघिय संरचना भएका देशहरु बिकास र उन्नति शिखर चढिसकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा संघियताको माग गर्दा देश टुक्रन्छ भनि बिरोधि कार्यक्रम गर्नु निराधार र अबैज्ञानिक रहेको जिकिर गरे ।
एक अर्को प्रसंगमा प्रतिष्ठानको सिमित बजेटले सम्पूर्ण जनजातिहरुको संघ सस्था र एन जी ओ हरुको कार्यक्रमहरु हेरी सानो सानो रकम मात्र वितरण गर्न सकिने अबस्था रहेको र त्यसमा पनि देश भरिको आदिवासी जन-जाति बिधार्थीहरु लाई छात्र बृति पनि दिनु पर्ने भएकोले प्रतिष्ठानको स्थिति कुप्री बुढीको जस्तो बसी खानु न उठी खानु रहेको यथार्थ चित्रण गरे । कार्यक्रम आदिवासी जनजाती महासंघ, अमेरिका फिपनाका महासचिव दिपेश लिम्बुले संचालन गरेका थिए भने कार्यक्रममा संस्थाका कोषाध्यक्ष टिका गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न