दर्ता बिना विद्यालय सञ्चालन

१० असार २०७१, मंगलवार १७:५९ मा प्रकाशित

कञ्चनपुर, १० असार । कञ्चनपुरको बेल्डाँडी गाविसमा तीन वटा निजी विद्यालय दर्ता बिना नै अवैधरुपमा सञ्चालन भइरहेको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरअन्तर्गत निरीक्षण क्षेत्र नम्बर १ मा खटिएको संयुक्त शैक्षिक अनुगमन समितिले तीन निजी विद्यालय दर्ता नै नगरी सञ्चालन भइरहेको पाएको हो ।

बेल्डाँडी गाविस वडा नम्बर १ मा रहेको शुक्लाफाँटा बोर्डिङ स्कुल र गुरुकुल बोर्डिङ स्कुल तथा वडा नम्बर ७ मा रहेको मोर्डन चाइल्ड बोर्डिङ स्कुल दर्ता नै नगरी अवैधरुपमा सञ्चालन भइरहेको पाइएको अनुगमन टोली सदस्य तथा अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष चन्द्रकान्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार भौतिक पूर्वाधारको अभाव रहेको अवस्थामा समेत निजी विद्यालयले चर्काे शुल्क लिइरहेका छन् । बेल्डाँडी गाविसमै रहेको सरस्वती मावि झर्नासागरका अधिकांश शिक्षक विद्यालयमा अनुपस्थित रहने गरेका छन् ।

सरस्वती माविले अवैध निजी विद्यालयका विद्यार्थीलाई एसएलसी परीक्षामा बस्न दिने गरी फाराम भरिदिने गरेको समेत पाइएको क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष चन्द्रकान्त भट्टले बताउनुभयो ।

उहाँका अनुसार सरस्वती माविले नवज्योति बोर्डिङ स्कुलका विद्यार्थीलाई एसएलसी दिलाउन फाराम भरिदिने गरेको छ । सरस्वती मावि विद्यालयमा देखिएको लापर्बाहीमा शिक्षा कार्यालयका विद्यालय निरीक्षक दीपकराज कलौनीले लिखित स्पष्टीकरण दिन प्रधानाध्यापक धनसिंह कार्कीलाई निर्देशन दिनुभएको छ ।

यसैबीच, शिक्षा कार्यालय कञ्चनपुरले अनुमति बिनै सञ्चालनमा रहेको भीमदत्तनगरपालिका–६ सुकासालको हुनैनाथ एकेडेमीलाई बन्द गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य