एनआरएन क्यानाडाको सम्मेलनको तयारी पूरा

३ जेष्ठ २०६९, बुधबार १८:५६ मा प्रकाशित

ॠषि बस्ताकोटी । एनआरएन क्यानाडाको पाँचौ सम्मेलनको तयारी पूरा भएको छ। बिनोद केसीका अनुसार यस वर्षको सम्मेलन अल्बर्टाको एड्मन्टन सहरमा मे १९-२० मा सम्पन्न हुँदैछ। अल्बर्टा प्रान्तमा रहेका नेपाली संस्थाहरू Nepalese Canadian Society of Edmonton (NECASE), Calgary Nepalese Community Association (CNCA) र Nepalese Community Society of Calgary (NCSC) यस पटकको कार्यक्रमका होष्ट रहेका छन् ।

कार्यक्रममा एनआरएन क्यानाडाको नियमित कार्यक्रमहरू नेपालमा खुल्ला विश्वविद्यालय, नमुना गाउँ कार्यक्रम, नेपाल लाइब्रेरी फाउन्डेसन, प्रोफेसनल मेन्टरसीप, महिला तथा बालकल्याण कार्यक्रम लगायत गैह्र आवासीय नेपालीहरूका लागि दोहोरो नागरिकता, नेपालको विकासका लागि गैह्र आवासीय नेपालीहरूको लगानीको सम्भावना आदि विषयमा विस्तृत छलफल हुने कुरा आयोजकहरूबाट थाहा भएको छ।

सम्मेलनको पुर्वसन्ध्यामा एनआरएन क्यानाडाको प्रतिनिधि मण्डलले अथावास्का युनिवर्सिटी भ्रमण गरी नेपालमा खुल्ला विश्वविद्यालय स्थापना विषयमा हालसम्म भएका प्रगतीको समिक्षा गर्दै थप सहकार्यको लागि छलफल गर्ने कार्यक्रम रहेको कुरा नेपालमा खुल्ला विश्वविद्यालय स्थापना अभियानका सक्रिया सदस्य डा. द्रोण रसालीले बताउनुभयो।

नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको अभियानमा क्यानाडाको अथावास्का युनिवर्सिटीले आवस्यक सहयोग गर्दै आएको छ। एनआरएन क्यानाडाका अध्यक्ष डा बिनोद केसीका अनुसार सम्मेलनको उद्घाटन सत्रमा क्यानाडाका लागि नेपालका महामहिम राजदूत डा. भोजराज घिमिरे, अल्बर्टा प्रान्त र एड्मन्टन नगरका विशिस्ट प्रतिनिधिहरू लगायत अन्य अतिथिहरू समेत सहभागी हुने कार्यक्रम रहेको छ।

सम्मेलनको दोश्रो दिन स्थानीय आयोजक संस्था Nepalese Canadian Society of Edmonton (NECASE)ले रमाइलो सांस्कृतिक कार्यक्रम (Gala) प्रस्तुत गर्ने कार्यक्रम रहेको कुरा NECASE का सचिव नवराज अधिकारीले बताउनुभयो। क्यानाडामा नेपाली एकतालाई मजबूद पार्दै नेपालीहरूको पहिचानलाई क्यानाडामा स्थापित गर्न र नेपालको विकासमा विदेशवाट सकेको योगदान गर्न यो सम्मेलन कोसेढुंगा हुने डा. केसीले बताउनुभयो । सम्मेलनमा क्यानाडाका विभिन्न प्रान्तमा छरिएर रहेका नेपाली मूलका व्यक्तिको साथै क्यानाडावासी नेपालीहरूका सवालमा क्रियाशील विभिन्न संघ संस्थाहरू समेत गरी करिव २०० जना सहभागी हुँदैछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र