‘मेरोभन्दा देशको स्वास्थ्यको चिन्ता छ’

१० असार २०७१, मंगलवार ०६:३४ मा प्रकाशित

न्यूयोर्क, १० असार । सेतो कुर्ता-पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन ।

गत शुक्रबार बायोस्पीलगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ तपाईको स्वास्थ्य स्थिति ?’ भन्ने शुरुवाती प्रश्नमा कोइरालाले भने, ‘हेल्थबारे सबै कुरा बाहिर आइसकेको छ । देशको राजनीतिबारे सोध्नुस् । मेरो स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता छ ।’

अमेरिकास्थित नेपाली पत्रकारहरुसँगको भेटमा आइतबार कोइरालाले स्वास्थ्यबारे बोल्न अनिच्छा जनाउँदा जनाउँदै अघिल्लो रात लगातार खोकी लागेर सुत्न गाह्रो भएको भने बताए । रगत तानिएको दाहिने हातको नाडीको रातो डाम देखाउँदै भने, ‘डाक्टरले परिक्षण गरिरहेका छन्, रिपोर्ट केही दिनमा आउँछ ।’

आफनो स्वास्थ्य स्थितिले सरकारको कामकारवाहीमा फरक नपारेको कोइरालाको भनाइ थियो । उनको कथन थियो, ‘सरकार चलिरहेको छ । चल्छ । बामदेवजी हुनुहुन्छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका