न्यूयोर्कमा १० वटा नेपाली संघ संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

३ जेष्ठ २०६९, बुधबार १८:५४ मा प्रकाशित

अर्जुन मैनाली, न्यूयोर्क, अमेरिका । अमेरिकाको न्यूयोर्क स्थित चेन फेडेरेसनको हलमा १० वटा नेपाली संघ संस्था द्वारा संयुक्त रुपमा आयोजित रक्तदान तथा निः शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मदर्स डे को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा न्युयोर्कमा सक्रिय नेपाली संस्थाहरू सिन्धु – यु एस ए वेल्फेर सोसाइटी, थकाली सेवा समिति, एन आर एन (यु एस ए), मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तराष्ट्रिय साहित्य समाज, ग्याल सुम्दो सेवा सस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजीसिअन इन अमेरिका र अमेरिका नेपाल् फ्रेन्ड्शिप सोसाइटीको सहभागिता थियो । कार्यक्रममा ७५ जनाले रक्तदान गर्नु भयो भने ५५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा न्यू योर्क स्थित नेपाली स्थाई नियोगकका उप प्रमुख शिवा लम्साल अधिकारी र मिनिस्टर काउन्सिलर अमृत राईले रक्त दाताहरूलाई प्रमाण पत्र बितरण गर्दै नेपाली समुदायले गरेको यस मानबिय कार्यको प्रशंसा गर्नु भयो । उक्त कार्यक्रममा अमेरिकन रेड क्रसका लेखा प्रबन्धक थोमस केनले यति रगतबाट २२५ जनाको अमुल्य जीवन बचाउन सक्दछौ भन्दै नेपाली समुदायले रक्दानको क्षेत्रमा देखाएको यो सदभाव र सहयोग महत्वपुर्ण रहेको बताउनु भयो । उक्त रक्दान तथा निःशुल्क स्वास्थ्य शिबिरमा डा. भुपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश् पौडेल, डा. बिनोद् शाहले निःशुल्क योगदान पुर्याउनुभयो भने डा. तारा निरौला, डा. रेखा हमाल ,अर्जुन मैनाली, बंशलाल तामाङ्, परिता राजभण्डारी, सतेन्द्र शाहा, धाग्याल्पो पुनेल, पूनम काफ्ले, मणी वाङ्देल, छेपक दोरजी, ओमकार गौचनले सक्रिय सहयोग पुर्याउनु भएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०४ औं पटक रक्तदाता अर्जुन प्रसाद मैनालीले यसरि यति धेरै संघ संस्थाहरुले रक्तदान जस्तो मानबिय सेवामा एक जुट भएर लाग्नु भएकोमा सबै रक्तदाता तथा कार्यक्रम आयोजक संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै नेपाली अमेरिकी समुदायमा रक्तदान एक पर्व जसरि नै भैरहेकोमा खुशी ब्यक्त गर्नुभयो ।
परदेशमा नेपालि समुदायमा रक्तदान कार्यको अभियानका साथै नेपालको चितवन रेडक्रसलाई चितवनमा रक्तदान उत्प्रेरणा कार्य संचालन गर्न रु. ५०,००० र कालिकोट र सल्यानमा २ अलग अलग प्रसुती व्यथाले चापेका महिलाहरुलाई अत्यधिक रक्ताश्राब भै मरणासन्न अबस्थामा पुगेको अबस्थामा स्वास्थ्यकर्मी स्वयंले नै रगत दान गरि बचाउनु हुने कटक बहादुर महत र डा. जीवन अधिकारिलाइ उहाँहरुको मानबिय सेवाको उच्चतम मुल्यांकन गर्दै रु. १० हजार नगद पुरस्कार पनि प्रदान गरेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र