एमालेमा एक हजार ८३ प्रतिनिधि चयन

९ असार २०७१, सोमबार १६:५७ मा प्रकाशित

काठमाडौं, ९ असार । नेकपा (एमाले)ले १ हजार ८३ प्रतिनिधि चयन भएको जनाएको छ ।
पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेले यसै हप्ता उपनिर्वाचन भएका केही अञ्चल र जिल्ला, केन्द्रीय विभाग, जनसंगठन बाहेकका क्षेत्रमा प्रतिनिधि चयन गरिसकेका जानकारी दिइएको हो ।
प्रतिनिधि चयनमा लोकतान्त्रिक विधिअनुरुप मतदान गरेर प्रतिनिधि निर्वाचित भएको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म सेती, उपत्यका र भारत प्रवास बाहेकका १४ अञ्चल समन्वय कमिटी/विशेष समन्वय कमिटीबाट प्रतिनिधि चयन भएका छन् ।
मेचीमा ५५, कोशी १ सय ४७, सगरमाथा ५४, जनकपुर २३, नारायणी ९७, वागमती, ७४, गण्डकी १ सय २६, धौलागिरी ४७, लुम्बिनी १ सय ९० र राप्तीमा ४३ प्रतिनिधि चयन भएको एमालेले जनाएको छ ।
भेरीमा ९१, कर्णालीमा ४४, महाकालीमा ६१, सम्पर्क समन्वय विशेष कमिटी ३१ गरी १ हजार ८३ प्रतिनिधि आइतबारसम्म चयन भएका छन् ।
यसैबीच, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरी र काठमाडौं उपत्यकाअन्तर्गत रहेका पेसागत बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीहरुको प्रतिनिधि चयन भोलि असार १० गते हुनेछ । जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि भोलि नै हुने एमालेले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी