जेठ १४ अघि नै काग्रेसको नेतृत्वमा सरकार बन्छ

३ जेष्ठ २०६९, बुधबार १८:३३ मा प्रकाशित

उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला
तीन दलको सहमति पछि अब जेठ १४ मा संविधान जारी हुने निश्चित भएको हो ?
हो, अब तीन दलको सहमतिले संविधान बन्ने दह्रो आधार तयार पारेको छ । मलाई शतप्रतिशत विश्वास छ, जेठ १४ गते अब संविधान जारी हुन्छ । दलहरुसँग संविधान जारी गर्नुको विकल्प पनि त छैनन नी ।
पहिला पनि धेरै सैद्धान्तिक सहमति भए तर कार्यान्वयन भएनन नी ?
अहिले समयको दवाव सबैमाथि परेको छ । मलाई लाग्छ अब त्यस्तो हुँदैन । दलहरुसँग संविधान जारी गर्नुको अब विकल्प छैन । त्यसैले पनि यसपटकको सहमति कार्यान्वयन हुन्छ  । संविधान जारी भए पछि संसोधन गर्दै आगडि बढ्न सकिन्छ तर जारी नै भएन भने के सच्याउने र पाउने ।
दलहरुको सहमतिमा भारतको भूमिका प्रमुख छ भनिन्छ नी ?

१२ बुदे दोखि यहाँसम्म आइपुग्दा भारतको सदभाव रहँदै आएको छ । यो कुरा अहिले मात्रै आएको नयाँ कुरा होईन । नेपालमा भएका हरेक क्रान्तिमा भारतको सहयोग छ । यसलाई भुल्नु हुँदैन । भारत नेपालमा शान्ति चाहन्छ त्यसकोलागी गरिएको सहायोगलाई हस्तक्षेप भनेर बखेडा झिक्नु हुँदैन । तर जसरी प्रेसमा कुरा आएको छ म अचम्ममा परेको छु । त्यस्तोकेही भएको छैन ।

मधेसी मोर्चाले त सहमतिको विरोध गरिरहेको छ नी, कसरी कार्यान्वयन होला ?

मंगलबारको सहमति तीन दलको मात्रै सहमति होईन, मोर्चाको पनि सहमति छ । मोर्चाको सहमतिमा  केही रिजर्भेसन  भने अवश्यनै छ । उहाँहरु तराईमा एक प्रदेश पक्षमा हुनु हुन्थ्यो ।  उहाँहरुले मधेसमा दुई प्रदेश हुनु पर्छ र तराईलाई पहाडसँग जोडन हुँदैन भन्दै हुनुहुन्थ्यो । उहाँहरुले अहिले समय छैन, संविधान जारी गर्न विरोध हुँदैन तर हाम्रा केही जटिलता छन् भन्नुभएको छ । मतभेदबाटै हामीले अन्तरिम संविधान जारी गरेका हौं । अन्तरिम संविधानले यहाँसम्म ल्याएको छ । अहिलेको संविधान कुनै पार्टीले तयार पारेको पार्टीको दस्तावेज होइन । त्यसैले कुनै एउटा पार्टीले चाहेअनुसारको संविधान आउँदैन । सबै पार्टीको सम्झौताको दस्तावेज हो । त्यसैले पनि संविधान जारी गर्न कुनै अवरोध आउला र सहमति कार्यान्वयन नहोला भन्ने मलाई लाग्दैन ।

अरुले पनि विरोध गरिरहेका छन नी ?
आन्दोलन गर्ने र असन्तुष्ठलाई राजनीतिक दलहरुले सम्झाउनुपर्छ । आदिवासी जनजाति, महिला, दलित, मधेसी जे भने पनि सबै कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुनुहुन्छ । मलाई विश्वास छ, राज्य सञ्चालनमा बाधा गर्ने गरी अब आन्दोलन  अब हुँदैन । असन्तुष्ठि पोख्ने कुरा मात्रै होला ।

काग्रेसको नेतृत्वमा कहिले सहमतिको सरका बन्छ ?

हामिले यसअघिनै पाँच बुँदे सहमति गरिसकेका छौ । त्यसमा स्पष्ट छ , जेठ १४ अघि नै बन्छ । त्यो काग्रेसको नेतृत्वमा चुनावी सरकार हुन्छ ।

अहिले आएर मन्त्री विस्तार हुदैछ कसरी जेठ १४ गते अघि कसरी सरकार परिवर्तन होला ?

तपाईहरु ढुक्क हुुनुस,  जेठ १४ पछि यो सरकार रहँदैन । जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार आउँछ । नेपाली काग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ । यो पहिला नै तय भईसकेको कुरा हो । यसमा फेरि बखेडा थाप्नु भनेको सहमति तोड्नु हो ।

काग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ  ?

त्यो परिस्थिति आएपछि थाहा हुन्छ । अहिले संसदीय दलको नेताका हैसियतले स्वाभाविक रुपमा रामचन्द्रजी नै प्रधानमन्त्री हुने अवस्था हो । तर विशेष परिस्थिति आए पार्टीमा छलफल हुन्छ । त्यस्तो अवस्थामा को हुने भन्ने निर्णय पार्टीले गर्छ । अहिले नै केही भन्नु हतार हुन्छ । केन्द्रीय कमिटिले उपयूक्त निर्णय उपयूक्त समयमा गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको