अमेरिकी विदेशमन्त्री जोन केरी इराकमा

९ असार २०७१, सोमबार १४:४७ मा प्रकाशित

– एएफपी

बग्दाद, ९ असार । अमेरिकी विदेशमन्त्री जोन केरी सोमबार अकस्मात इराक पुगेकी छन् । अमेरिकी विदेशमन्त्री केरी सोमबारै इराकको राजधानी बग्दाद पुगेकी हुन् ।

उनी जोर्डन हुँदै सोमबारै त्यसतर्फ लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । इराकका जिहादीहरुले त्यहाँका विभिन्न सहर कब्जामा लिइरहेको बेला जारी असुरक्षाका बीच उनी अकस्मात त्यहाँ पुगेको बताइएको छ ।

सोही कारण उनको भ्रमणको बारेमा कुनै पूर्व सूचना दिइएको छैन । उनले इराकमा छदा त्यहाँका प्रधानमन्त्री नुरी अल मलिकीसँग भेटवार्ता गर्ने पनि विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इराकमा बढ्दो असुरक्षाका बीच गतहप्ता मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकी सुरक्षा निकायलाई सहयोगार्थ तीन सय जना अमेरिकी सुरक्षा सल्लाहकार पठाउने घोषणा गरेका थिए ।

विदेश मन्त्री केरीले इराकमा रहँदा अमेरिकी सहयोगका साथै हाल इराकमा जारी रहेको जिहादीहरुको हमलाका विरुद्धमा अमेरिकी योजनाका बारेमा कुराकानी गर्ने कार्यक्रम छ ।

गतहप्तादेखि इराकी जिहादीहरुले इराकका विभिन्न सहर कब्जा गरिरहेका छन् । उनीहरुले राजधानी बग्दादलाई पनि नियन्त्रणमा लिने बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।