बढुवा नभएको भन्दै जिविसका कर्मचारी आन्दोलित

९ असार २०७१, सोमबार १६:१० मा प्रकाशित

सप्तरी, ९ असार । योग्यता पुगेर पनि बढुवा नभएको भन्दै जिल्ला विकास समितिका सप्तरीका कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।
बढुवाका लागि योग्यता पुगेपनि आफूहरूको भविष्यलाई अन्योलमा पारेको भन्दै जिविस सप्तरीका कर्मचारीले सङ्घर्ष समितिको गठन गरी आन्दोलन सुरु गरेका हुन् ।
कर्मचारीले आजदेखि कलम बन्द गरी आन्दोलनको सुरुवात गरेको सङ्घर्ष समितिका संयोजक खुर्सेद इक्रामले जानकारी दिए ।
जिविस सप्तरीका ४२ कर्मचारीमध्ये २६ जनाको बढुवाका लागि योग्यता पुगिसक्दासमेत बढुवाका लागि सरकारले कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनमा जानुपरेको संयोजक इक्रामले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य