एउटा शिक्षकको काँधमा ८८ जना विद्यार्थी

९ असार २०७१, सोमबार १३:४६ मा प्रकाशित

जुम्ला, ९ असार । सुन्दा अचम्म लाग्छ होला, जुम्लाको गोठीचौर–९ मुडुरी गाउँको पञ्चकोसी प्राथमिक विद्यालयका एकजना शिक्षकले ८८ जना विद्यार्थी एकैसाथ पढाउने गर्छन् ।
प्राथमिक विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अहिले १ सय ७६ विद्यार्थी छन् । शिक्षकको दरबन्दी तीन भए पनि एउटा शिक्षिका काजमा भएका कारण अहिले दुई जना शिक्षकले बहुकक्षा शिक्षण विधिबाट ८८ विद्यार्थीका दरले अध्यापन गराउँदै आएको प्रधानाध्यापक गोविन्दबहादुर खत्रीले बताए ।
विद्यालयमा शिक्षकको अप्रयाप्तता हुनुको साथै भवन जीर्ण हुँदा पानी आएको समयमा कक्षा कोठा जलाम्य हुने भएकाले वर्षायाममा पठनपाठनमा समस्या रहेको छ ।
विद्यालयको अवस्थाका बारेमा सरकारी निकाय मात्र नभई स्थानीय बासिन्दाले समेत कुनै चासो नदेखाएको प्रधानाध्यापक खत्रीले बताए ।
जिल्ला शिक्षा कार्यालय जुम्लामा दरबन्दी थपका लागि पटकपटक पहल गरे पनि त्यसको कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग