उद्योग वाणिज्य संघ दाङमा बञ्जाडे

८ असार २०७१, आईतवार २१:३४ मा प्रकाशित

दाङ, ८ असार । उद्योग वाणिज्य संघ दाङको अध्यक्षमा हेमराज बञ्जाडे निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट प्रतिष्प्रधामा उत्रिएका बञ्जाडेले प्रजातान्त्रिक समूहका श्यमकुमार सुवेदीलाई पराजित गरेका हुन् ।
आज विहान सार्वजनिक मतपरिणामअनुसार बञ्जाडेले ८ सय ९८ मत पाएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी सुवेदीलाई १ सय १८ मतको भारी अन्तरले पराजित गरेका हुन् । प्रजातान्त्रिक समूहका सुवेदीले ७ सय ८० मत प्राप्त गरेका थिए ।
उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक समूहका खड्क बहादुर बुढाथोकी विजयी भएका छन् । वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नारायण प्रसाद भुसाल विजयी भएका छन् । महासचिवमा पनि प्रजातान्त्रिक समूहै दीपक सुवेदी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा प्रजातान्त्रिक समूहका सुशील प्रकाश आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा प्रजातान्त्रिक समूहकै मञ्जु ब्रजाचार्य विजयी भएकी छन् ।
सदस्यहरूमा वसन्त जोशी, माया पोख्रेल, संकल्प श्रेष्ठ, नरेश कार्की, सुशील पोख्रेल विजयी भएको मुख्य निर्वाचन अधिकृत अनुरुद्र गिरीले जानकारी दिए ।
कांग्रेस र राप्रपा (नेपाल)ले प्रजातान्त्रिक समूह बनाएर प्रतिष्प्रर्धामा उत्रिएका थिए । संयुक्त व्यवसायी प्यानलमा एमाले, एकीकृत माओवादी, नेकपा–माओवादी, राष्ट्रिय जनमोर्चा, मालेलगायत साना दलहरू रहेको सहभािगता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा