चार निर्वाचन क्षेत्रमा मतदान कार्य जारी

८ असार २०७१, आईतवार १४:०६ मा प्रकाशित

काठमाडौं, ८ असार । संविधानसभा सभा सदस्य उपनिर्वाचनका लागि चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
चार निर्वाचन क्षेत्रमा काठमाडौं क्षेत्र नं. २, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा विहान सात बजेदेखि मतदाताहरू उत्साहपूर्वक उपस्थित भई मतदान गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चार निर्वाचन क्षेत्रमा ३ सय २४ वटा मतदान केन्द्र छन् । सबै मतदाता शान्तिपूर्ण रुपमा मतदान गरिरहेका छन् । मतदान कार्य बिहान ७ बजेदेखि अपराह्न पाँच बजेसम्म जारी रहने छ ।
चारवटा निर्वाचन क्षेत्रमा जम्मा १ सय ३७ मतदान स्थल र ३ सय २४ मतदान केन्द्र रहेका छन् । काठमाडौं–२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र, बर्दिया–१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र साथै कैलाली–६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र रहेका छन् ।
आयोगले उपनिर्वाचनमा चारवटै क्षेत्रमा विद्युतीय उपकरणबाट मतदान गराउने व्यवस्था गरेको छ । निर्वाचन अधिकृतले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली विवरण अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी जम्मा ७६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
तीमध्ये राजनीतिक दलका उम्मेदवार ६० र स्वतन्त्र १६ तथा महिला ९ र पुरुष ६७ जना छन् । जेठ ११ गते जम्मा ८१ जना उम्मेदवारले उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका थिए ।
यसैबीच, कैलालीका दुई मतदान केन्द्रमा महिला कर्मचारीबाट मात्रै निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा