बर्दियामा एमाओवादी र एमालेबीच झडप

८ असार २०७१, आईतवार १३:१८ मा प्रकाशित

बर्दिया, ८ असार । बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा एमाओवादी र एमालेबीच झडप भएको छ ।
एमालेले शनिबार राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको थियो । सोही विषयमा विवाद हुँदा झडप भएको जनाइएको छ ।
बेलुवामा पनि एमाओवादी र एमालेबीच शनिबार राति झडप भएको छ । झडपका क्रममा एमालेका कार्यकर्ता सोरहवा गाविस सेमरा निवासी नेत्रप्रसाद सापकोटा, धधवार–३ निवासी हरि ढकाल, मोतीपुर–६ निवासी रामजी अधिकारीलाई खुकुरी, चेकबुक र भे १ ज १४७६ नंं को जिपसहित प्रहरीले राति पक्राउ गरेको छ ।
तीनै जनालाई गाडीसहित जिल्ला प्रहरी कार्यालयमा छानबिनका लागि ल्याइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन