मिश्रित शासन प्रणाली धेरै दिन टिक्दैन एमाले सचिव ज्ञवाली

३ जेष्ठ २०६९, बुधबार १७:३९ मा प्रकाशित

दोलखा, ३ जेठ । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले दलहरुले भर्खरै गरेको मिश्रित शासन प्रणाली धेरै दिन टिक्न नसक्ने वताउनुभएको छ । २०औं मदन आश्रित दिवसको अवसर पारेर आज नेकपा एमाले दोलखाको स्कुल विभागले आयोजना गरेको वर्तमान सन्र्दभमा वहुदलिय जनवाद विषयक विचार गोष्ठिमा ज्ञावलीले मिश्रित शासन व्यवस्थाको पक्षमा नेकपा एमाले नभएको भए पनि सम्झौताका क्रममा त्यसलाई स्विकार गर्नुपरेको वताँउदै यस्तो व्यवस्थामा शक्ति संघर्षको धेरै खतरा भएको कारण यस्तो व्यवस्था धेरैदिन नटिक्ने वताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय प्राकृतिक श्रोत विभागका सचिव आनन्द पोखरेल, एमाले केन्द्रिय स्कुल विभागका सचिव इश्वरी रिजाल, एमाले क्षेत्र नं. १ का क्षेत्रिय अध्यक्ष वावुकाजी कार्कीलगायतले कार्यपत्रहरुमाथी टिप्पणी गर्दै आजको राजनीतिक अवस्थामा मदन भण्डारीको विचारको झनै सान्दर्भिक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी