हक अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायको माग

७ असार २०७१, शनिबार १६:३८ मा प्रकाशित

चितवन, ७ असार । राजनीतिक रुपबाटै आफूहरु पीडित रहेको मुस्लिम समुदायका अगुवाले गुनासो गरेका छन् । ‘मदनी जामे’ मस्जिदको आयोजनामा नारायणगढमा आज आयोजित एकदिने धार्मिक सभामा उनीहरूले राजनीतिक दलले सहयोग नगर्दा आफ्ना मुद्दा ओझेलमा परेको दुखेसो पोखेका छन् ।

चुनावका बेला विभिन्न आश्वासन देखाउने, त्यसपछि बेवास्ता गर्ने दलको प्रवृत्तिका कारण आफूहरूले सम्मानको आत्मानुभूति गर्न नसकेको बताएका हुन् ।

मस्जिदका गुरु मोहम्मद सलमानले राज्यले आफूहरूलाई देशको नागरिकको अनुभूति दिलाउन नककेको धारणा व्यक्त गरे ।

देश धर्मनिरपेक्षता भए पनि मुस्लिम धर्मको सम्मान हुन नसकेको भन्दै अब बन्ने नयाँ संविधानमा आफूहरुको हकअधिकार सुनिश्चित गर्न उनले माग गरे ।

इस्लामको सन्देश दिने उद्देश्यले धार्मिक सभा आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटनसत्र भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा मस्जिदका सल्लाहकार साहिद शेखको अध्यक्षतामा भएको थियो ।

चितवनमा पाँच हजारको संख्यामा मुस्लिम धर्मावलम्बी छन् भने नौ वटाभन्दा बढी मस्जिद छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न