सचिनलाई संसद बनाएको विषयमा जवाफ माग

३ जेष्ठ २०६९, बुधबार १७:३१ मा प्रकाशित

नयाँदिल्ली, जेष्ठ ३ – क्रिकेटर सचिन तेन्दुलकरको राज्यसभा सदस्यमा भएको मनोनयबारे दिल्ली उच्च अदालतले केन्द्र सरकारसँग जवाफ माग गरेको छ ।

सचिनको नियुक्तिविरुद्ध परेको निवेदनमा बुधबार सुनुवाई गर्दै उच्च अदालतसँग कारण देखाउ आदेश जारी गरेको हो । यद्यपि सपथ रोक्न गरिएको माग भने अदालतले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

निवेदनमा सचिनको नियुक्ति संविधानविपरीत रहेको दाबी गरिएको छ । निवेदनमा सरकारले खेलाडीलाई राज्यसभा सदस्य नियुक्त गर्न नमिल्ने दलिल गरिएको छ ।

संविधानको धारा ८० (३)मा राज्यसभाका लागि साहित्य, विज्ञान, कला र सामाजिक सेवाका क्षेत्रका हस्तीलाई मनोनीत गरिने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा