
काठमाडौं, ७ असार । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको परिणाम सोमबारै सार्वजनिक गर्ने तयारी गरेको छ ।
उपनिर्वाचन हुने चारै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग हुने भएकाले मत गणना र परिणाम घोषणा छिटो हुने भएको हो ।
निर्वाचन तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त उप्रेतीले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूले चाहेको उम्मेदवारलाई विद्युतीय उपकरणबाट मत दिन आग्रह गरे । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट विद्युतिय मतदान यन्त्र जम्मा हुनासाथ गणना सुरु गर्ने आयोगको तयारी छ ।
यन्त्रले आफ्नो क्रम संख्या, मतदान सुरु र समापन भएको समय, उम्मेद्वार संख्या, खसेको जम्मा मत जस्ता विवरण देखि उम्मेद्वारहरुले प्राप्त गरेको मत सम्मको सम्पूर्ण हिसाव सुरक्षित राखेको हुन्छ । गणनाका क्रममा रिजल्ट बटन दवाएपनि यी सबै विवरण डिस्प्ले हुन्छन् ।
मतदान जारी रहेका बेला पनि कति मत खस्यो भन्ने जानकारी लिन सकिने मेसिन बन्द गरेर नतिजामा नजाँदा सम्म कस्ले कति मत प्राप्त गर्यो भन्ने थाहा हुँदैन । ‘कुन दल वा स्वतन्त्र उम्मेदवारलाई मत दियो भन्ने कुरा गोप्य रहन्छ,’ उप्रेतीले भने ।
मंसिर ४ को निर्वाचनमा दुई-दुई स्थानबाट विजयी कांग्रेस र एमालेका शीर्ष नेताहरुले राजीनामा दिएपछि रिक्त भएका काठमाडौं-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा आइतबार उपनिर्वाचन हुन लागेको हो । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि
काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न