सात जिल्लामा सात अर्बको लगानी

६ असार २०७१, शुक्रबार १७:३६ मा प्रकाशित

इलाम, ६ असार । दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म भइरहेका समस्यालाई समाधान गर्न पूर्वाञ्चलका सातवटा पहाडी जिल्लामा समावेशी सहयोग कार्यक्रम सुरू गरिएको छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा सन् २०१४ जनवरीदेखि कार्यक्रम सुरू गरिएको समावेशी सहयोग कार्यक्रम इलामका प्रमुख रूद्र बरालले जानकारी दिनुभयो ।

दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म रहेका विविध समस्यालाई समाधान गरी किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले पहाडी जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

डेनमार्क सरकारको रु सात अर्बको लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम पाँच वर्ष चल्नेछ । मुख्य कार्यालय धनकुटामा स्थापना भएको छ ।

दूध, चिया र अदुवाको बजार पूर्वाधार निर्माण, मूल्य, बजारमा किसानको पहुँच अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख