तटबन्ध निर्माण नहुँदा दार्चुला झन जोखिममा

६ असार २०७१, शुक्रबार १६:५१ मा प्रकाशित

दार्चुला, ६ असार । नदीमा पानीकोे बहाव कम हुने हिउँदमा नभई भारी वर्षा भइरहने बर्खा लागेसँगै महाकाली नदीमा तटबन्ध निर्माणको काम सुरु हुँदैछ ।
गत वर्ष असार २ र ३ गते महाकाली नदीमा आएको भीषण बाढीले कटान गरेको उच्च जोखिम क्षेत्रमा तटबन्ध बन्न लागेको हो । अहिले तारजाली र ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको छ ।
खलङ्गाको बांगाबगडदेखि नमस्कारसम्म साढे चार किलोमिटर क्षेत्रमा तटबन्ध बनाउन लागिएको हो । सरकारले तटबन्ध तथा पुनर्निर्माणका लागि तीन अर्ब पाँच करोड ७० लाख निकासा गरेको छ । यसअन्तर्गत रिटेनिङ पर्खाल र नदी किनारमा सडक बन्नेछ ।
यस वर्ष एक अर्ब पाँच करोडको ठेक्का सम्झौता भएको छ । पुनर्निर्माणको १३ प्याकेजमध्ये पहिलो चरणमा आठ वटामा काम सुरु गरिँदै छ ।
खलङ्गावासीलाई अहिले पनि गत वर्षकै बाढीको झझल्कोले पिरोलिरहेको छ । भारतीयले आफ्नो भू–भागको जोखिमयुक्त क्षेत्रमा वैशाखदेखि नै तटबन्ध बनाउन सुरु गरेको थियो । नेपाली पक्षले भने बल्ल निर्माण कार्य सुरु गरेको छ । तटबन्ध निर्माण नेपाल–भारत दुवैतर्फसँगै हुनुपर्नेमा त्यसो हुन नसक्दा दार्चुलातिरको जोखिम झन बढेको छ ।
गएको भदौदेखि नै प्रक्रिया अगाडि बढाइए पनि योजना स्वीकृति र समयमै बजेट निकासा नहुँदा ढिलाइ भएको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनगढीका प्रमुख महेन्द्ररप्रसाद बडुले बताए । भारततर्फ समयमै भएको तटबन्ध निर्माणले यो वर्ष दार्चुलामा कटानको जोखिम अरु बढाएको छ । नदीको सतह दिनहुँ बढ्न थालेपछि किनाराका बासिन्दा त्रसित हुन थालेका छन् ।
गत वर्ष असार पहिलो साता महाकाली नदीमा आएको बाढीले १५६ घर र १३ वटा सरकारी कार्यालय बगाएको थियो । दुई सय घर अति जोखिममा परेका थिए । बाढीलगत्तै सेना, प्रहरीलगायतको संलग्नतामा बनाइएको अस्थायी तटबन्धको अधिकांश भाग नदीले भत्काइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना