मधेसी मोर्चा ११ प्रदेशको निर्णइ फिर्ता नलिए सरकारबाट बाहिरिने

३ जेष्ठ २०६९, बुधबार १४:२४ मा प्रकाशित

काठमाडौ, ३ जेठ । तीन दलवीच प्रदेश सभाले नामाकरण गर्ने गरी ११ प्रदेशको निर्माण गर्ने गरी भएको सहमति फिर्ता नभए मधेसी मोर्चाले सरकार छाडी सडक संघर्ष गर्ने भएको छ ।
मोर्चाको आज बसेको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारबाट बाहिरिएर सडक संघर्ष गर्ने प्रस्ताव गरेका थिए। जसमा मोर्चामा सहभागी अधिकांश दलका नेताहरुले समर्थन जनाएका थिए । आजको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अनुपस्थित रहेकोले औपचारिक निर्णय भने हुन सकेन । साँझ फेरि बस्ने बैठकले औपचारिक धारणा तय गर्ने महतोले जानकारी दिए ।
महतोले ११ प्रदेशले मधेसको पहिचानलाई तुहाएको र संघीयतालाई अपाङ बनाएको भन्दै यसलाई कुनै पनि हालतमा मान्न नसकिने स्पष्टपारे ।
उनले ११ प्रदेशको विरुद्ध सदन र सडकबाट शसक्त संघर्ष गर्ने चेतावनी दिदै त्यसविरुद्ध गोलबन्द हुन आब्हान पनि गरे ।
तीन दलले सो निर्णय फिर्ता नलिएर सरकार छाडेर सदन र सडकबाट दवाव सृजना गरेर पारित हुन नदिने चेतावनी समेत महतोले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।