पूर्वराज्यमन्त्रीकी पत्‍नी पक्राउ

६ असार २०७१, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं, ६ असार । विदेश पठाइदिन्छु भन्दै पैसा उठाएर ठग्ने एमाले नेता तथा पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतमकी पत्नी तुलसादास गौतम पक्राउ परेकी छन्। ठगिएका व्यक्तिको उजुरीपछि प्रहरीले उनलाई जेठ २९ गते पक्राउ गरेको हो।

तुलसाले क्यानाडा पठाइदिन्छु भनेर झापा पृथ्वीनगरका पूर्णबहादुर लामालगायत १२ जनालाई बंगलादेश पुस्याएर नेपाल फर्काई अलपत्र पारेको आरोप छ।

तुलसाले पैसा तिर्ने बहानामा गत वर्ष चैत १० गते र १५ गते दिएको दुईवटा चेकमा अंकित साढे पाँच लाख रुपैयाँ बाउन्स भएको थियो। चेक एनआईजी एसिया ब्यांकको थियो। ‘मैले पटकपटक तुलसा दिदी र जित’ सरलाई पैसा दिन आग्रह गरें।

मलाई पुलिस लगाएर चौकी लगियो। चौकीमा आफ्ना समस्या राख्दा कानुनी प्रक्रियामा जान सल्लाह दिएपछि ठगीमा उजुरी दिएको हुँ’, पूर्णबहादुरले भने। महानगरीय प्रहरी वृत्त बौद्धले घटनाको अनुसन्धान गरिरहेको छ।

वृत्तका प्रमुख श्यामसिंह चौधरीले तुलसामाथि चेक बाउन्स मुद्दामा अनुसन्धान भइरहेको बताए। वृत्तमा महिला हिरासत नभएपछि तुलसालाई महाराजगन्ज वृत्तको हिरासतमा राखिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट (तस्विरमा पूर्वराज्यमन्त्री गौतम)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन