कर छलीका सामग्रसहित १७ ट्रक नियन्त्रणमा

५ असार २०७१, बिहीबार १७:१६ मा प्रकाशित

भक्तपुर, ५ असार । महानगरीय प्रहरी वृत्त जगातीले आज सिन्धुपाल्चोकको सुकुटेबाट कर छली गरेर ल्याइएकोे १७ ट्रक गिट्टी, ग्राइबेल र फर्निचर नियन्त्रणमा लिएको छ ।
कर छलेर अवैध रूपमा ल्याइएको धनेश्वर रोडा उद्योग, गङ्गा इन्द्रावती क्रसर उद्योग, श्रीकृष्ण फर्निचर उद्योग, कादम्बनी चिम्नी इँटा उद्योग, गौरी शङ्कर रोडा ढुङ्गा उद्योग, दाप्चा निर्माण सेवाका मालसहितका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर छली गरेर ट्रक आइरहेको सुराकी पाएपछि जगाती नाकामा जाँचका क्रममा ती सामान र गाडी समातिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक किरण राणाले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका १७ वटा ट्रक र सामान आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको छ ।
यसबारे जानकारी दिँदै आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख उत्तम वाग्लेले नियन्त्रणमा लिइएका १७ वटै ट्रकको कागजको अध्ययनबाट कर छली गरेको प्रमाणित भए नियमानुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार