प्रत्येक क्षेत्रलाई पाँच करोड दिन सकिँदैनः अर्थमन्त्री

५ असार २०७१, बिहीबार १९:३० मा प्रकाशित

विराटनगर, ५ असार । अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षको बजेट लगानीमैत्री हुने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उनले बजेट संसदबाट पारित भएपछि मुलुकमा विदेशी लगानी भित्रिने र उत्पादनमा वृद्धि भई स्थानीय तहमा रोजगारी बढ्ने सम्भावना धेरै हुने बताए ।
अर्थमन्त्री महतले प्रधानमन्त्री मुलुक बाहिर रहेकाले सरकारका तर्फबाट नीति र कार्यक्रम ल्याउन केही ढिलाइ भएको बताए ।
उनले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड उपलब्ध गराउने कुरा सरकारले धान्न नसक्ने जानकारी दिँदै उपयुक्त नीति अपनाएर सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरिने बताए ।
अब आउने बजेटले निजी क्षेत्रको विकासका साथै ऊर्जा, शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक