‘राष्ट्रपति, उपराष्ट्रपति परिवर्तन गर्न सकिँदैन’

५ असार २०७१, बिहीबार १३:४२ मा प्रकाशित

विराटनगर, ५ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न नसकिने बताएका छन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अहिले नै राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्न नसकिने बताए ।
आगामी माघ–८ गतेभित्र नयाँ संविधान जारी गर्नका लागि संविधानका अन्तर्वस्तुमा सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष यादवले संविधान जारी गर्ने अवधि सात महिनामात्र बाँकी रहेकाले विवादित विषयमा दलहरुबीच सहमति गर्नुपर्नेमा जोड दिए ।
उनले संविधान निर्माणको अभियानमा संविधानसभा बाहिर रहेका शक्तिहरुलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने बताए ।
एक प्रश्नको जवाफमा अध्यक्ष यादवले मधेसवादी दलहरुबीचको एकताको प्रयास जारी रहेको जानकारी दिए ।
उनले तराई मधेस लोकतान्त्रिक पार्टी, फोरम नेपाल र सदभावना पार्टीबीच एकताका लागि सङ्गठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा मात्र मिल्न बाँकी रहेको बताउँदै नेतृत्वको विषयमा आलोपालो प्रणाली अपनाउन सकिने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी