सिरहाको आगलागीमा परेर नाबालकको मृत्यु, आगो नियन्त्रणमा आउन केही दिन लाग्ने

३ जेष्ठ २०६९, बुधबार १२:१२ मा प्रकाशित

सिराहा, ३ जेठ । सिरहाको औरही गाविसमा हिजो दिउँसो भएकोे भिषण आगलागीमा परी एक नाबालकको मृत्यु भएको छ । आज बिहान औरही ४ का दिनेश शाहका २ महिने बालक भरत शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर घाइते पाँच जनाको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको छ । हिजो भएको आगलागीमा परेर २ हजार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले अनुमान गरेको छ । आगो अझैसम्म पुर्ण रुपमा नियन्त्रणमा नआएकाले घरधुरी छुटयाउने काम आजबाट मात्र शुरु गर्ने जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी राजेसलाल कर्णले जानकारी दिनु भएको छ । आगलागीबाट औरही गाविसको वडा नं. २, ३, ४, ५, ६ र ७, का सम्पुर्ण घरहरु जलेर नष्ट भएको छ भने वडा नं. १ र ८ को आधा बस्ति नै सखाप भएको छ । बस्ती नै सखाप भएकाले करीब एघार हजार मानिस घरवार विहिन भएका छन् । अहिले पनि आगो पुर्ण नियन्त्रणमा आई सकेको छैन । लहान नगरपालिका राजबिराज नगरपालिका र जनकपुर नगरपालिकाका ३ वटा बारुण यन्त्रले आगो नियन्त्रणमा ल्याउन काम गरिरहेको छ । आगलागी भएको क्षेत्र भित्र जिलला अस्पताल सिरहा स्थानीय उपस्वाथ्य चौकीले उपचारका लागी शिबिर संचालन गरेका छन भने आँखा उपचारका लागी लहान अस्पतालले पनि आँखा शिबिर संचालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित

काठमाडौँ। प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत

बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र