श्यामशरण सुटुक्क आए, खुसुक्क गए

४ असार २०७१, बुधबार २३:३७ मा प्रकाशित

काठमाडौं, ४ असार । दोस्रो जन आन्दोलन र ०६२-६३ को राजनीतिक परिवर्तनमा विशेष भूमिका निर्वाह गर्नुहुने भारतीय पूर्वकूटनयिक श्यामशरण अनौपचारिक रुपमा नेपाल भ्रमण गरी सुटुक्क स्वदेश फर्कनुभएको छ । विश्व बैंक सम्बन्धित एक कार्यक्रममा सहभागी हुन शरण काठमाडौ: आउनुभएको बताइएको छ । शरणले काठमाडौमा रहँदा सामूहिक रूपमा केही मधेसकेन्द्रित नेताहरूबाहेकलाई नेभेटको, बरु डा. बाबुराम भट्टराई र गगन थापालाई दुईपटक अलगअलग भेटी वार्तालाप गरेको जानकारीमा आएको छ । ०६२-६३ को आन्दोलन र गणतन्त्र घोषणासम्म विशेष भूमिका निर्वाह गरेका गगन थापा, कृष्ण सिटौला, शेखर कोइराला र विमलेन्द्र निधि मात्र नभई साप्ताहिक हिमाल पत्रिकाका सम्पादक कनकमणि दीक्षितसँग पनि श्यामशरणले भेटवार्ता गर्नुभएको बुझिएको छ । दीक्षितसँग शरणको दीक्षितकै घर (पाटनढोका) मा बे्रकफास्टसहितको भेटवार्ता भएको दीक्षित निकटको सूत्रले जनाएको छ । त्यस्तै शरणले पूर्वराजा ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकरशमशेरसँग पनि भेट गर्नुभएको बताइएको छ । समाचार सूत्रले बालुवाटारस्थित कसैको घरमा शरण र बाबुराम भट्टराईबीच दुईपटक भेटवार्ता भएको जनाएको छ । यस सम्बन्धमा बुझ्न खोज्दा भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले विश्व बै:कको कार्यक्रम सुरु हुनुअघि होटल हयातमै डा. भट्टराईको श्यामशरणसँग दुई दिनमा दुईपटक भेटवार्ता भएको बताएका छन् । उहाँहरूबीच के–कस्ता विषयमा कुराकानी भए भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री