बैद्यले कोइरालालाई भने आन्दोलनमा साथ दिनुस

३ जेष्ठ २०६९, बुधबार ०९:३५ मा प्रकाशित

काठमाडौ, ३ जेठ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले हिजो भएको तीन दलको सहमति प्रति काग्रेस सभापति सुशिल कोइरालालाई भेटेर असन्तुष्ठि ब्यक्त गरेका छन् ।
उनले तीन दलको सहमतिले जाती समूदायको पहिचानको आकाक्षामा गंभिर आघात पुगेको र सहमतिले पहिचानलाई नष्ट पार्ने षडयन्त्र भएको आशंका उत्पन्न भएको भन्दै विरोध जनाएका थिए ।
उनले तीन दलको सहमति आफुहरुले नमान्ने र त्यस विरुद्ध आन्दोलनमा जाने चेतावनी दिदै आन्दोलनमा सघाउन आब्हान समेत गरेका थिए ।
काग्रेस सभापतिले भने सहमति मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न सफल भएको भन्दै सहमतिमा बखेडा झिकेर फेरि मुलुकलाई अन्यौलतामा नफसाउन आग्रह गरेका थिए । उनले प्रदेशको नाम प्रदेश सभाले नै राख्ने भएकोले प्रदेशले नै पहिचानको आधार खोज्ने उल्लेख गर्दै पहिचान नमर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।