अनुमति नलिइएका निजी विद्यालय बन्द

४ असार २०७१, बुधबार १७:२६ मा प्रकाशित

कञ्चनपुर, ४ असार । शिक्षा कार्यालय कञ्चनपुरले अनुमति नलिइकनै सञ्चालनमा रहेको निजी विद्यालयलाई बन्द गरेको छ ।
भीमदत्तनगरपालिका–६ मा सञ्चालित हुनैनाथ एकेडेमी बोर्डिङ स्कुललाई बन्द गर्न शिक्षा कार्यालयले पत्राचार गरेपछि विद्यालय बन्द भएको हो ।
अनुमति बिनानै अनुगमनका क्रममा विद्यालय सञ्चालन गरिएको पाइए पछि आज बन्द गरिएको जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले बताए ।
मङ्गलबार विद्यालय निरीक्षक रुपराम तिरुवाको नेतृत्वमा गएको विद्यालय अनुगमन टोलीले विद्यालय अनुमति बिना सञ्चालन गरिएको पाएका थिए ।
विद्यालय सञ्चालक शम्भु भट्टले आज विद्यालयको बोर्ड झिकेर विद्यालय बन्द गरेका हुन् । पचास जना बालबालिका अध्ययन गर्ने विद्यालयमा कक्षा ६ सम्मको पढाइ हँदै आएको थियो ।
असार पहिलो सातादेखि जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले यहाँका अवैध विद्यालयलाई कानुनी दायरामा ल्याउनका लागि छुट्टाछुट्टै तीन वटा टोली बनाई अनुगमनको कार्य गरिरहेको छ ।
शिक्षा कार्यालयका अनुसार जिल्लाभर ७३ वटा निजी विद्यालय अनुमति बिना सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।