बादी समुदायका माग परा गर्न सरकारसँग आग्रह

४ असार २०७१, बुधबार १६:०१ मा प्रकाशित

काठमाडौं, ४ असार । राष्ट्रिय बादी अधिकार संघर्ष समितिले सरकारले आफ्ना मागहरु कार्यन्वयन नगरे सिंहदरवार घेर्ने चेतावनी दिएको छ ।
संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर बादी समुदायका लागि स्थायी वसोवासको व्यवस्था, सम्पूर्ण राज्यका सेवा सुविधामा ५० प्रतिशतको छुट, २०६५ सालको तत्कालीन मन्त्रीपरिषद गरेको निर्णय यथाशीघ्र कार्यन्वयन, बादी समुदाय उत्थान समितिलाई अधिकार सम्पन्न समिति बनाउनुपर्ने लगायतका ८ बुँदे मागहरु अघि सारेको हो ।
बादी समुदायका हक अधिकार सुनिश्चितताका लागि विगतमा भएको सहमति अझै पनि कार्यन्वयन नगरेर सरकारले आफूहरुलाई उपेक्षा गरेको समितिको आरोप छ । माग पुरा नभए आन्दोलन गर्ने बताए ।
समितिकी संयोजक उमा बादीले सरकारले आफ्ना मागहरु आगामी साउनको पहिलो हप्तासम्म कार्यन्वयन गर्नपर्ने माग गरिन् ।‘बादी समुदायलाई सरकारले जहिले पनि उपेक्षा गरेको छ,’ उनले भनिन्, ‘बादी समुदायले स्थायी बसोबास गरेकै ठाउँमा सरकारले जग्गा उपलब्ध गराउनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ