मेरो कार्यक्रममा आउने कार्यकर्ता रोकियोः नेपाल

४ असार २०७१, बुधबार २०:४१ मा प्रकाशित

कावासोती, ४ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनमा दस्तावेज एउटै भए पनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाइँ भएको बताएका छन् ।

नवलपरासीको कावासोतीमा आफ्ना पक्षका कार्यकर्ताको भेलामा आज नेता नेपालले महाधिवेशनमा दुई व्यक्तित्वबीच टकराव हुने बताए । ‘विचार गौँड रहँदा दुई नेताको व्यक्तित्वको टकराव छ’, उनले भने, ‘त्यो दुईबीचको प्रवृत्तिविरुद्धको टक्कर हो ।’

संसदीय दलका नेता केपी ओलीप्रति लक्षित गर्दै उनले लोकतान्त्रिकरणका नाममा हुने गुटबन्दीले पार्टी क्रान्तिकारी विचार समाप्त हुने बताए ।

‘व्यक्तिगत स्वार्थका लागि पार्टी कब्जा गर्ने विधि अपनाउने लोकतान्त्रिकरणको नाममा पार्टीको क्रान्तिकारी धार समाप्त पार्ने यस्तो विचार र प्रवृत्तिले जनताको निम्ति काम गर्दैन केवल गुटका लागि मात्र हो,’ उनले भने ।

धम्कीको प्रयोग, पदको प्रलोभन दिने काम बन्द गर्नुपर्ने नेता नेपालको भनाइ छ । ‘यस्तो खालको प्रवृत्तिले पार्टीको नेतृत्व गर्दा महल झै ठडिएको एमाले तासको घरमा परिणत हुने भएकाले कार्यकर्ताले गतिशील र ऊर्जावान नेतृत्व छान्नुपर्छ’, नेता नेपालले भने ।

उनले नेतृत्वमा विचारमा स्पष्टता, कार्यकर्ताको संरक्षण गर्ने, गतिशील बन्ने, कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्ने बेला आएको समेत बताए । उनले आवश्यक परे त्यस्तालाई नेतृत्व दिन आफू तयार रहेको बताए ।

नवौँ महाधिवेशनमा हिँड्दा ओली पक्षले आफ्ना कार्यक्रममा कार्यकर्ता आउन रोक लगाएकोमा उनले रोष प्रकट गरे ।

नेतृत्व हस्तान्तरण भनेको आलोपालो हुन नसक्ने बताउँदै उनले भने, ‘प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरेपछि खुट्टा कमाएर हुँदैन मैदानका लागि तयार हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन