स्थानिय शान्ति समिति रौतहटले कामै नगरि नक्कली विल वनाएर फछ्र्यौट

३ जेष्ठ २०६९, बुधबार ०९:०४ मा प्रकाशित

रौतहट, ३ जेठ । स्थानीय शान्ति समिति कार्यालय रौतहटले दुईवटा शिर्षकमा आएको रकम काम नै नगरी नक्कली विल बनाएर फछ्र्याैट गरेको खुलासा भएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट जिल्ला शान्ति समिति रौतहटमार्फत कार्य सन्चालन गर्न पठाएको रकममा अनियमितता भएको हो । बारुदी सुरुङ विरुद्ध जनचेतना अभियानको एक लाख पचाँस हजार रुपौयाँ र स्थानिय शान्ति समितिको स्मारिका प्रकाशनका लागि पचाँस हजार पठाइएको थियो ।  तर स्थानीय शान्ति समितिका कार्यालय सहायक रामाकान्त प्रसाद गुप्ता र शान्ति समितिका पदाधिकारी मिलेर कामै नगरी नक्कली विल बनाएर फर्छयौट गरेको पाइएको छ । गत आ.व. ०६७÷०६८ मा नै मन्त्रालयबाट आएको रकमको बारेमा शान्ति समितिको बैठकबाट कुनै निर्णय नै नगराई जिल्ला प्रशासन कार्यालयबाट पेश्कि लिई कामै नगरी फछ्र्यौट गरी फाइल मन्त्रालयमा पठाएको शान्ति समितिका एक पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध