कच्चा पदार्थ अभावले मादल बनाउने पेशा छोड्दै दैलेखका वादीहरु

३ जेष्ठ २०६९, बुधबार ०९:०२ मा प्रकाशित

दैलेख, ३ जेठ । मादल बनाउने पुख्र्यौली पेशाबाट परिवार चलाउन धौ धौ हुन थालेपछि दैलेखका वादी समुदायले अन्य पेशा अङगाल्न थालेका छन् । मादल बनाउन चाहिने कच्चा पदार्थको अभाव र उचित बजार नहुदा वादी समुदायले परम्परागत पेशा त्यागी अन्य मजदुरी पेशा अपनाउन थालेका हुन् ।  विगतमा दैलेखको मादलले धेरै जिल्लामा चर्चा कमाएपनि पछिल्लो समयमा भने पहिचान लोप हुदै गएको डिले वादीको भनाइ छ  । राज्यले आफुहरुलाई कुनै सहायोग नगरेको नरजित बादीको गुनासो रहेको छ । सदरमुकाम नजिकैको नमुना वस्तीमा बस्दै आएका करिब दुई दर्जन वादी समुदायले यो पेशा छोडी सकेका छन भने अन्य ठाउमापनी पेशा संकटमा परेको दलित जागरण केन्द्रका कार्यक्रम संयोजक प्रेम विशुन्केले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध