सुस्तामा भारतीय पक्षबाट अतिक्रमण प्रयास

४ असार २०७१, बुधबार ०६:२२ मा प्रकाशित

परासी, ३ असार । भारतीय पक्षबाट पटकपटक चपेटामा पर्दै आएको सुस्ता भूमीमा भारतीय पक्षबाट पुनः अतिक्रमणको प्रयास भएको छ । सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा भारतीयले फेरि खनजोत थालेका हुन् ।

सुस्ता भूमि अतिक्रमण गर्ने भारतीयको विरोधमा सुस्ताबासी उत्रिएपछि सीमाक्षेत्रमा रहेका एसएसबीले सुस्तामा प्रवेश गरेर स्थानीयलाई एक हप्तादेखि सास्ती दिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

एसएसबीले भारतीय नागरिकलाई अतिक्रणको लागि उक्साएको स्थानीयको आरोप छ । विवाद मिलाउन सुस्तामा रहेको सशस्त्र सीमा सुरक्षा बेस क्याम्पले एसएसबीलाई बोलाएर समाधानको प्रयास गरेपनि विवाद भने साम्य हुन सकेको छैन । नेपाली भूमीलाई आफ्नो भन्दै उनीहरुले करिब १ सय विघा जमिन कब्जा गर्न खोजेका छन् ।

सातादेखि एसएसबीले पक्लिहवाको ठाडीदेखि रामनगर हुदै आउने ५ नम्बर ठोकरको टापुलाई भारतीय भुभाग भन्दै विवाद निकालेर त्यहां गएका नेपाली किसानलाई धपाउने गरेको स्थानीय गोपाल गुरुङले बताए । सो क्षेत्रमा रामनगर र पक्लिहवाका स्थानीयले ठोकरले बनाएको टापुमा धान खेति गर्दै आएका थिए ।

अतिक्रमण गर्न खोजेको जग्गामा विहारका जनतालाई ल्याउने प्रयास भएकाले तत्काल विवाद समाधान गर्न स्थानीयले सरकारसंग माग गरेका छन् ।

पछिल्लो पटक नेपाली किसानले प्रयोग गरेको जमिनको विषयलाई लिएर भारतीयले विवाद निकालेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय उपरीक्षक ऋषिदेव कार्कीले बताए ।

‘पहिला स्थानीय स्तरमा बसेर समाधान गर्न त्यहांस्थित  बेस क्याम्पका प्रहरी निरीक्षकलाई निर्देशन दिएको हो’, उनले भने, ‘सोहीअनुरुप दुई दुई पटक वैठक बसेपनि समाधान निस्कन सकेको छैन ।’

भूमी विवादबारे छानविन गरी स्थानीयस्तरमा समाधानका लागि सशस्त्र प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । सीमा विवाद दुई देशको बिषय भएकाले स्थानीय स्तरमा समाधान नभए केन्द्रमा जानकारी गराउने उनले जनाए

सदरमुकाम परासीदेखि करिब ४० किमी दक्षिण पूर्वमा रहेको सुस्तामा नेपाल भारतको सीमा छु्टटयाउने दशगजा र सीमा स्तम्भ नभएका कारण पटकपटक भूमी विवाद हुँदै आएको छ ।  अहिलेसम्म भारतीयहरुले सुस्ताको करिब १४ हजार हेक्टर भन्दा बढी भूमी अतिक्रमण गरिसकेको स्थानीयले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना