संविधानसभाको बैठक आज बस्दै

३ जेष्ठ २०६९, बुधबार ०८:५८ मा प्रकाशित

काठमाडौ, ३ जेठ । पटक पटक स्थगित हुँदै आएको संविधानसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले हिजो पनि बैठक सूचना टाँसेर स्थगन गरिएको थियो । प्रमुख राजनीतिक दलहरू बीच संविधान निर्माणका विवादित विषयमा सहमतिका लागि पहल भइरहेकाले गएको वैशाख ११ गतेदेखि संविधानसभाको बैठक सूचना टाँस गरी स्थागन हुँदै आएको छ । दलहरू हिजो भएको सहमतिको लिखित मस्यौदालाई अन्तिम रुप दिन छलफलमै रहने भएकोले आजको बैठक पनि स्थगित हुनसक्ने सम्भावना रहेको छ ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसदको ११ औं अधिवेशन भोलिका लागि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी