एमालेमा पदाधिकारी बढाउने प्रस्ताव

३ असार २०७१, मंगलवार १९:१० मा प्रकाशित

काठमाडौं, ३ असार । एमालेले नवौं महाधिवेशनमा पदाधिकारी थप गर्ने प्रस्ताव लैजान लागेको जनाएको छ ।
पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एमालेले पाँच उपाध्यक्षसहितका पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनमा लैजान लागेको जनाएको हो ।
एमालेले पार्टी केन्द्रीय कमिटीमा १ सय १५ पूर्ण र ३४ वैकल्पिकसहित १ सय ४९ सदस्य रहने गरी प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कमिटीमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, उपमासचिव –२ र सचिव–५ जना पदाधिकारी रहने तथा पार्टी निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेताको मर्यादाक्रममा पार्टी अध्यक्षपछिको स्थानमा रहनेजस्ता व्यवस्थाहरु प्रस्तावित छन् ।
पार्टी केन्द्रीय कमिटीले पारित राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधानको संशोधन प्रस्ताव यसै हप्ता सम्पूर्ण पार्टी सदस्यबीच छलफलका लागि पठाइसक्ने जारी विज्ञप्तिमा उल्लेख छ । एमालेको प्रस्ताव अनुसार निर्वतमान अध्यक्षलाई वरिष्ठ नेता बनाउने पनि रहेको छ ।
असार १५ गतेभित्र प्रतिवेदनहरु अध्ययन गर्न, बहस वा छलफलमा सरिक हुन तथा संस्थागत र व्यक्तिगतरुपमा सुझाव तयार गरी केन्द्रीय कार्यालयमा पठाउन पनि निर्देशित गरिएको एमालेले जनाएको छ ।
एमालेले संशोधित प्रस्तावमा पार्टीमा एकखालको सदस्यता कायम गर्ने र सदस्यता प्राप्त गर्नुपूर्व हरेक आवेदकले तोकिएको परीक्षणकाल पूरा गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको