कम्प्युटर प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु

३ असार २०७१, मंगलवार १६:०८ मा प्रकाशित

दाङ, ३ असार । राप्ती आँखा अस्पताल रक्षाचौर दाङले अत्याधुनिक कम्प्युटर प्रविधिको फ्याको मेसिनबाट आँखाको उपचार सेवा सुरु गरेको छ ।
अस्पतालले उक्त प्रविधिबाट मोतियाबिन्दुका बिरामीको शल्यक्रिया थालेको हो ।
अस्पतालले करिब ६० लाखको लागतमा फ्याको मेसिन खरिद गरी आँखाका बिरामीलाई सेवा दिन सुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए ।
हातले गरिँदै आएको मोतियाबिन्दुको शल्यक्रिया अब कम्प्युटर प्रविधिबाट हुने अस्पतालका नेत्र विशेषज्ञ डाक्टर शङ्कर खनालले बताए ।
यो सेवासँगै अब काठमाडौँ तथा अन्य स्थानमा मोतियाबिन्दुका बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको छ ।
यस फ्याको मेसिनबाट आँखामा २ दशमलव ८ एमएल सानो घाउ बनाई शल्यक्रिया गरिने डा.खनालले बताए ।
हाल यस अस्पतालमा तीन नेत्र विशेषज्ञ रहेका छन् भने केही दिनभित्रै एक नेत्र विशेषज्ञ आउँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद