सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द

३ असार २०७१, मंगलवार १५:४४ मा प्रकाशित

सुन्दरीजल, ३ असार । गाडी चालकमाथि स्थानीयवासीले हातपात गरेको भन्दै एमाओवादी निकटको अखिल नेपाल मजदुर सङ्गठनले सुन्दरीजल–रत्नपार्क–कालिमाटी–कलङ्की रुटमा चल्ने सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द गरेका छन् ।

मजदुर सङ्गठनले बस सञ्चालनमा रोक लगाएपछि यस क्षेत्रका जोरपाटी, गोकर्णेश्वर, बालुवा नयाँपाटी, सुन्दरीजल, गागलफेदी, आलापोट र भद्रवास गाविसका स्थानीयवासी सात किलोमिटरसम्म पैदल यात्रा गरेर आवतजावत गर्न बाध्य भएका छन् ।

आइतबार नयाँपाटी ओरालोमा बा२ख ८१९५ नम्बरको गाडी तीव्र गतिका कारण खेतको गह्रोमा पल्टेको थियो । मनपरी गाडी चलाएर पल्टाएको भन्दै आक्रोशमा आएर स्थानीय उपभोक्ताले चालकमािथ सामान्य हातपात गरेका थिए ।

आइतबार नै सिटी यातायात व्यवसायी सेवा समिति र स्थानीय उपभोक्ताबीच सहमति भई गाडी सञ्चालनमा आएको थियो । आज एक्कासि चालक परिचालक संलग्न एमाओवादी मजदुर सङ्गठनले गाडी बन्द गरेर उपभोक्तालाई सास्ती दिएको उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद कर्माचार्यले बताए ।

सिटी यातायात व्यवसायी सेवा समितिका कार्यबाहक अध्यक्षसमेत रहेका कर्माचार्य मजदुरका नाममा जे गर्न पनि पाउनुपर्छ भनेर गाडी बन्द गरेको बताए ।

महानगरीय वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले गाडी चलाउन सम्बन्धित सबै पक्षबीच वार्ताका लागि प्रयास भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।