पन्ध्र वर्षदेखि भारी बोक्दै

३ असार २०७१, मंगलवार १५:२३ मा प्रकाशित

डोल्पा, ३ असार । विगत पन्ध्र वर्षदेखि भारी बोकेर बिहान बेलुकीको गुजारा टार्दै आएकी ६५ वर्षीया धनिशा वलीको अझै थाप्लोमा नाम्लो र पिठ्यूँमा भारी छुटेको छैन ।
रुकुम जिल्ला सक्ला गाविस वडा नम्बर २ कि धनिशा श्रीमानको निधनपछि बालबच्चालाई पढाउन लेखाउन र परिवारमा बिहान बेलुकीको छाक टार्नसमेत कठिन भएपछि डोल्पामा कमाइ धेरै हुन्छ भन्ने सुनेर आफू २०५५ सालमा डोल्पा आएको उनले बताइन् ।
तीन छोरी र एक छोरा कि आमा उनी अहिले जुफाल विमानस्थलदेखि सदरमुकाम दुनैसम्म सामान ओसारपसार गर्ने गर्छिन् । बिहान भालेको डाकोसँगै हतारले जुफाल विमानस्थल पुग्ने उनी कहिलेकाहीँ भारी नपाउँदा दुःखी हुने बताउँछिन् ।
अहिले सदरमुकाम दुनैदेखि जुफाल विमानस्थलैसम्म चलेका दुई वटा ट्याक्टर र चार वटा जिपले नै सामान ओसारपसार गर्ने भएकाले भारी पाउन गाह्रो हुन थालेको उनी बताउँछिन् ।
दसैँ तिहारलगायतका मुख्य चाडपर्वमा समेत आफू अहिलेसम्म घर नगएको उनले बताइन् । पन्ध्र वर्षपछि आगामी दसैँमा भने घर जाने सुरमा उनी छिन् । सुरुमा प्रतिकिलो ६ मा भारी बोक्दैआएकी उनी अहिले ज्याला बढेर १२ पुगेको बताउँछिन् ।
अहिलेसम्म भारी बोकेरै आठ लाखसम्म कमाइ गरेको र सो रकम सबैै घरमा बालबच्चाको पढाइ लेखाइमा खर्च गरेको उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै