आज मदन आश्रित स्मृति दिवस

३ जेष्ठ २०६९, बुधबार ०८:५४ मा प्रकाशित

काठमाडौ, ३ जेठ । नेकपा एमालेले आज १९ औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । मदन स्मृति दिवसका अवसरमा अहिले पार्टी कार्यालय बल्खुमा समारोह आयोजना हुँदै छ । केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको प्रतिमामा केन्द्रीय नेताहरूबाट माल्यार्पणको कार्यक्रम रहेको छ । यसैगरी आज देशभर विभिन्न कार्यक्रम गरी एमालेले मदन आश्रित दिवस मनाउँदै छ । तत्कालीन महासचिव भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनमा परी निधन भएको थियो । दुई नेताको मृत्यु हुनेगरी भएको जीप दुर्घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ । एमालेको २०४९ सालमा सम्पन्न पाँचाँै अधिवेशनमा भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सार्नुभएको थियो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रेस विज्ञप्ति जारी गर्दै स्मृति दिवसका अवसरमा दुवै नेताहरूप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाजन्जली अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी